२०८२ चैत्र २८ गते शनिवार | 2026 April 11th Saturday

इम्बोस्ड नम्बर प्लेटमा अनिवार्य नेपाली भाषा प्रयोग गर्न बारको आग्रह

नेपाल बार एशोसिएसनले सवारी साधनको नम्बर प्लेटमा नेपाली भाषामात्रै प्रयोग गर्न आग्रह गरेको छ ।

इम्बोस्ड नम्बर प्लेटमा रोमन लिपी (अंग्रेजी) मात्रै प्रयोग भएकोमा बारले आपत्ति जनाएको हो । इम्बोस्ड नम्बरमा नेपाली भाषानै प्रयोग गर्नुपर्ने बारको माग छ ।

अन्य भाषा नेपालको कामकाजको भाषाको रुपमा सरकारी कार्यालय निकायले प्रयोग नगरेको उल्लेख गर्दै बारले सवारी तथा यातायात व्यवस्था विभागबाट सवारी साधनको नम्बर प्लेटमा अंग्रेजी भाषाको प्रयोग गरिनु संवैधानिक व्यवस्थाको भावना र मर्म प्रतिकुल रहेकोे ठहर गरेको छ ।

बार एशोसिएसनले नेपाली नागरिकले प्रयोग गर्दै आएको भाषाको संरक्षण, सम्बद्र्धन गर्ने, गराउने कार्यका लागि सवारी तथा यातायात व्यवस्था विभागबाट प्रदान गरिने सवारी साधनको नम्बर प्लेटमा अनिवार्य रुपमा नेपाली भाषा (देवनागरी लिपि)मा लेख्नुपर्ने भन्दै सम्बन्धित निकायसँग माग गरेको छ ।

प्रकाशित मिति : २०७९ साउन १९ गते बिहिवार
प्रतिक्रिया लेख्नुहोस