२०८१ मङ्सिर २६ गते बुधवार | 2024 December 11th Wednesday

सल्यानको बागचौरमा अन्तरजातीय बिबाहकै कारण घर परिवार ले नागरिकता बनाईदिएन ।

अन्तरजातीय बिबाहका कारण घर परिवारले स्वीकार नगर्दा सल्यान जिल्ला बागचौर नगरपालिका वडा न ३ रातपहरा कि सीता परियार भण्डारिको बिचल्ली भएको छ । बागचौर नगरपालिका वडा न ३ बस्ने २८ बर्ष का डिल्ली भण्डारी र जाजरकोट जिल्ला नलगाड नगरपालिका वडा न ११ बस्ने २८ बर्षकि सीता परियार सङ्ग २०७१ सालमा प्रेम बिबाह भएको थियो । ब्यापार को सिलसिलामा डिल्ली भन्डारी नलगाड पुगेका थिए । नलगाड बस्दा उनको प्रेम बसेको थियो ।

अन्तरजातिय बिबाह लाई घरमा स्वीकार गर्ने नभए पछि । उनिहरु भारत तिर गए । भारतमा आठ बर्षको लामो बसाई पछि उनिहरु घर फर्किने निर्णय गरे र २०७९ चैत्र को १५ गते घर आइपुगे । घर आए पछि मेरो घरमा रहेका बाजे ससुरा बजै सासू र ससुराले मेरो श्रीमान र म बाट जन्मेको छोरालाई समेत दमाईको छोरो भनी घर भित्र पस्न नदिएको र केही दिन सम्म बाख्रा बस्ने गोठमा बसेको सीता को भनाई छ । दमाईकि छोरिलाई घरभित्र पस्न दिदैनौ ।

सीता भन्छिन मलाई मेरो श्रीमानले धेरै माया गर्नुहुन्छ र त हामी आठ बर्ष सम्म सङ्गै थियौ । यहाको समाजले हाम्रो अन्तरजातिय बिबाह लाई स्वीकार गरेको छ समाजले नि मेरै पक्षमा कुरा गरेको छ तर घर परिवारले भने दमाईकी छोरि सङ्ग बिबाह गरेको भनेर हाम्रो सम्बन्ध लाई अलग बनाउन खोजिरहेको छ ।

म र मेरो श्रीमान को नागरिकता बनाई दिनु पर्यो भनी घरमा कुरा गर्दा परिवार को सल्लाहमा मेरो श्रीमानलाई २०७९/१२/२४ गतेका दिन कोहलपुर जाने भनी भगाएको र अहिलेसम्म सम्पर्कमा नआएको सिताको भनाई छ । बुबा आमाको नागरिकता नबनेपछी बिबाह दर्ता र बच्चाको जन्म दर्ता समेत बन्न सकेको छैन । न्यायको लागि जिल्लामा रहेका मानव अधिकारकर्मी, महिला अधिकारकर्मी, र स्थानीय जनप्रतिनिधिलगायत सङ्ग न्यायका लागि अपिल समेत गरेकी छन ।

प्रकाशित मिति : २०७९ चैत्र ३० गते बिहिवार
प्रतिक्रिया लेख्नुहोस