२०८१ जेष्ठ ६ गते आइतवार | 2024 May 19th Sunday

सल्यानमा सडकको तारजाली भर्ने क्रममा माटोको ढिस्कोले पुरिएर १ जनाको मृत्यु १ जना घाइते ।

 

जिल्लाको बागचौर नगरपालिका २ स्थित ठिनवाङ खोलामा तार जाली भर्न खाडल खनिरहेको अवस्थामा माथिबाट आएको माटोको ढिस्कोले पुरिएर बागचौर नगरपालिका १ धारापानीका अन्दाजी १७ वर्षीय नवीन केसी र सोही ठाउँका अन्दाजी २५ वर्षीय राजन बस्नेत घाइतेपछि बागचौरस्थित जनप्रिय पोलिक्लिनिक प्रा.लि.मा उपचारपछि जिल्ला अस्पताल सल्यान पठाईएका नवीन के.सी.लाई ३:४५ मा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।
घाइते राजन बस्नेतको भने बागचौर सामन्य उपचार पछि थप उपचार का लागि नेपालगन्ज लगिएको छ ।
जेसिबी चालक सल्यान जिल्ला शारदा नगरपालिका १३ का सुमन योगिलाई नियन्त्रण मा लिइएको प्रहरीको भनाई छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
प्रकाशित मिति : २०८० बैशाख ३ गते आइतवार
प्रतिक्रिया लेख्नुहोस