२०८१ जेष्ठ ६ गते आइतवार | 2024 May 19th Sunday

सल्यानको बागचौरमा पशुमा लाग्ने स्किन डिजिज देखा परेपछी वडा अध्यक्ष र पशु सेवा प्राविधिक किसानको घरदैलोमा

बागचौर नगरपालिका वडा न १ मा पशु चौपायामा देखिने लम्पी स्किन डिजिज सङ्ग मिल्दोजुल्दो लक्षण देखा परेको छ । गाई गोरुको उपचारको लागि बागचौर नगरपालिका १ का वडा अध्यक्ष गंगाराम बस्नेत पशु सेवा प्राविधिक र आवश्यक औषधि सहित किसानका घर दैलोमा पुग्नु भएको हो । किसानहरुले नगरपालिकाले रोग नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न आग्रह गरेका थिए भने अध्यक्ष बस्नेतले यो रोग बागचौर नगरपालिकाका अन्य वडाहरुमा समेत फैलिएको र विकराल रुप लिन सक्ने भएकोले रोकथामका लागि प्रभावकारी कदम चाल्न नगरपालिकामा आफुले पहल गर्ने विश्वास किसानहरुलाई दिलाउनु भएको थियो।
बागचौर नगरपालिकाको वडा नं. १ को जिउला, बाहुनगाउ,सिर्सेनी लगायतका टोलमा लम्पी स्किन डिजिज सङ्ग मिल्दोजुल्दो लक्षणको रोग देखा परेपछि वडा अध्यक्ष सहित बागचौर नगरपालिका पशु सेवा शाखा प्रमुख टेक बहादुर बस्नेत , वडा सचिव हेमन्त बस्नेत लगायतको टोलि पुगि ३८ गाई गोरुलाई औषधि उपचार र किसानलाई आवश्यक परामर्श प्रदान गरिएको पशु सेवा शाखा प्रमुख टेक बहादुर बस्नेतले बताउनु भएको छ ।
पशु चौपाया मा लाग्ने लम्पी स्किन डिजिज रोग भाईरस बाट लाग्ने भएकाले यसको दीर्घकालीन उपचार नभएकाले एन्टिहिस्टामिन र एन्टिबायोटिक औषधिको प्रयोग गर्ने तथा भिटामिन बि कम्प्लेक्स जस्ता औषधिको प्रयोगले रोकथाम गर्न सकिन्छ । बागचौर नगरपालिकाको
वडा न १,३,४,५,६ मा हाल सम्म देखा परेको वडा न १ र ३ मा पशु प्राबिधिक सहित उपचार तथा अनुगमन गरि किसान लाई प्राबिधिक सल्लाह सुझाव दिइरहेको पशु सेवा शाखा प्रमुख टेक बहादुर बस्नेतले जानकारी दिनुभएको छ ।
लम्पी स्किन डिजिज रोगको मुख्य लक्षणहरुमा घाँटी, पुच्छर वरिवरिको भाग, पेट, थुन लगायत शरीरका विभिन्न भागहरुमा साना ठूला गिर्खाहरु देखिने, उच्च ज्वरो(१०५ फारेन्हाइट भन्दा माथि) आउने, कचेरा, सिंगान बग्ने तथा मुखबाट फिंज धेरै निकाल्ने, दूध उत्पादन घट्ने आदि रहेका छन ।
  
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
प्रकाशित मिति : २०८० बैशाख १३ गते बुधवार
प्रतिक्रिया लेख्नुहोस