२०८१ जेष्ठ ७ गते सोमवार | 2024 May 20th Monday

फाइबर लाइन बिस्तारका क्रममा करेन्ट लागेर एकजना को मृत्यु ।

करेन्ट  लागेर सल्यानमा एक जनाको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका  २ डाडाँगाउँ निवासी ४२ वर्षीय प्रलाद शाहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
शारदा नगरपालिका १ श्रीनगरमा रहेको इन्टरनेट सेवा प्रदायक कम्पनी वर्डलिंकमा कार्यरत शाहको शनिवार दिउँसो छत्रेश्वरी गाउँपालिका १ दमाचौरमा वर्डलिंकको फाइबर लाइन विस्तार गर्ने बेला विद्युतको पोलमा सिढि लगाउने क्रममा करेन्ट लागेको हो ।
करेन्टबाट गम्भीर घाइते शाहको स्थानीय दिघार्यू मेडिकलमा सामान्य उपचार पछि सल्यान जिल्ला अस्पतालमा ल्याउँदा डाक्टरले मृत घोषणा गरेको प्रहरीको भनाई छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
प्रकाशित मिति : २०७९ चैत्र २५ गते शनिवार
प्रतिक्रिया लेख्नुहोस