२०८१ जेष्ठ ६ गते आइतवार | 2024 May 19th Sunday

बागचौर नगरपालिका आफ्नै भबनमा सर्दै।

सल्यानको बागचौर नगरपालिका आफ्नै प्रशासनिक भबन मा सर्न को लागि तयारी तिब्ररुपमा अगाडी बढाई रहेको छ । २०७३ सालमा स्थापना भएको यस नगरपालिका आफनो स्थापना काल देखि नै भाडामा बस्दै आइरहेको थियो। नगरपालिका आफ्नै भबनमा सर्ने भएपछी नगरबासिहरु उत्साहित समेत देखिन्छन। यहि माघ ११, १२ र १३ गते अत्यावश्यक वाहेकका सेवा बन्द हुने नगरपालिकाले एक सूचना प्रकाशित गर्दै जानकारी गराएको छ । नयाँ भवनमा कार्यालय सार्दा कार्यालय व्यवस्थापन तथा सामग्री स्थानान्तरणमा कर्मचारी खट्नुपर्ने भएकाले तीन दिन सेवा बन्द गर्नुपरेको नगरपालिकाले जनाएको छ ।

 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
प्रकाशित मिति : २०७९ माघ ११ गते बुधवार
प्रतिक्रिया लेख्नुहोस