२०८१ फाल्गुन ५ गते सोमवार | 2025 February 17th Monday

आगलागी हुदा बागचाैरमा सिरक डसना उद्योग पुर्ण रुपमा क्षति ।

सल्यानको बागचाैर नगरपालिकाको वडा नम्बर २ स्थित बागचौर बजारमा एक घरमा आगलागी हुदा सिरक डसना उद्योगमा पुर्ण रुपमा क्षति पुगेको छ ।

बागचाैर २ निवासी डम्बरबहादुर कामीको घरमा रहेको सिरक डस्न उधोगमा आगो लागेको हो ।
आगलागी हुदा स्थानिय बासि सुरेश वलीको शारदा सिरक डसना उद्योगमा पुर्ण रुपमा क्षति पुगेको छ ।

आगलागी करिब साडे १ बजे सुरु भएको थियो । आगो बागचाैरको बगरचाैर तिरको घासबाट लाग्दै आएको थियो ।

अहिले इलाका प्रहरी कार्यालय थारमारेबाट खटिएको प्रहरी टाेलि र स्थानियको सकृयतामा आगो नियन्त्रणमा लिएको छ । आगो किन र कसरी लाग्यो अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
प्रकाशित मिति : २०७९ माघ २७ गते शुक्रवार
प्रतिक्रिया लेख्नुहोस