२०८१ जेष्ठ ७ गते सोमवार | 2024 May 20th Monday

बागचौर नगरपालिकाका विभिन्न स्थानमा नि:शुल्क मोतिबिन्दु तथा अप्रेसन शिविर हुदै ।

सल्यानको बागचौर नगरपालिकाका विभिन्न स्थानमा नि: शुल्क मोतिबिन्दु तथा अप्रेसन शिविर संचालन हुने भएको छ ।
नेपाल नेत्र ज्योति संघ, एकिकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेश नेपालको आर्थिक सहयोग, राप्ति आँखा अस्पताल रक्षाचौर दाङको प्राबिधिक सहयोग र बागचौर नगरपालिका सल्यानको आयोजनामा उक्त शिविर संचालन हुन लागेको हो ।
शिविर मंसिर २४ गते आधारभूत स्वास्थ्य केन्द्र बागचौर नगरपालिका वडा नं. ३ चौरपानी, २५ गते बाफुखोला स्वास्थ्य चौकि वडा नं. १२ बाफुखोला, मंसिर २५ गते आधारभूत स्वास्थ्य केन्द्र वडा नं. ११ पानीचौरमा २६ गते आधारभूत स्वास्थ्य केन्द्र वडा नं. ६ जामुनेचौर र कोटवारा स्वास्थ्य चौकी टाटके, २७ गते शिवरथ स्वास्थ्य चौकी वडा नम्बर ४ पेदिखोला, र वडा नम्बर ५ बाहुनथाना, २८ गते कोटमौला स्वास्थ्य चौकी वडा नम्बर ८ कोटमाैला, आधारभूत स्वास्थ्य केन्द्र वडा नम्बर ९ खोरबारे , मा शिबिर संचालन हुनेछ

मंसिर २९ गते र पुष १ गते वडा नम्बर २ थारमारेमा रहेको जनकल्याण क्याम्पसमा मोतिबिन्दु अप्रेशन संचालन हुने बागचौर नगरपालिका सल्यानले बताएको छ । शिविरमा बिहान १० बजे देखि दिउसो २ बजे सम्म नाम दर्ता गर्न सकिनेछ ।

मोतिबिन्दु अप्रेशनका लागि छनोट भएकाहरुलाई मिति २०७९ मंसिर २९ देखि पुस १ गते सम्म जनकल्याण क्याम्पस थारमारेमा निःशुल्क अप्रेशन गरिने भएको बागचाैर नगरपालिकाले बताएकाे छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
प्रकाशित मिति : २०७९ मङ्सिर २२ गते बिहिवार
प्रतिक्रिया लेख्नुहोस