२०८२ कार्तिक ३० गते शनिवार | 2025 November 15th Saturday

चाडपर्व लाई लक्षित गरि थारमारेमा नागरिक तथा यात्रु सहायता कक्ष स्थापना

इलाका प्रहरी कार्यालय थारमारेले नागरिक तथा यात्रु सहायता कक्षको स्थापना गरेको छ । बागचौर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतमकाे प्रमुख आतिथ्यतामा थारमारे बजारकाे प्रहरी बिटमा नागरिक तथा यात्रु सहायता कक्षको उद्धघाटन गरिएको हाे ।

हिन्दुहरुको महान चाड बडा दशै तथा शुभ दिपावली पर्वलाई लक्षित गरी यात्रा गर्ने नागरिक तथा यात्रुहरुको सहजताको लागि सहायता कक्ष स्थापना गरिएको हाे ।

उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख गौतमले हिन्दु नेपालीहरुकाे महान चाडपर्व बडा दशै तथा शुभ दिपावलीकाे अवसरमा सहायता कक्षा स्थापना गरेकोमा प्रहरी कार्यालयलाई धन्यवाद व्यक्त गर्दै सहायता कक्षा स्थापनाले नागरिक, यात्रुलाई पर्ने असहजतालाई सहज बनाउन सहयोग गर्नेमा बिश्वास व्यक्त गर्नुभयो ।

उद्घाटन कार्यक्रममा बाेल्दै प्रहरी सामुदायिक साझेदार समितिका अध्यक्ष तथा वडा नम्बर २ का वडा अध्यक्ष दिपेश डि.सीले नगरपालिका भित्रकाे प्रमुख व्यापारिक केन्द्र थारमारे बजारमा चाडपर्वमा नागरिक तथा यात्रुहरुकाे सहायता कक्ष स्थापनाले सहजता बनाउने विश्वास ब्यक्त गर्नुभयो ।

त्यस्तै उद्घाटन कार्यक्रममा बाेल्दै इलाका प्रहरी कार्यालय थारमारेका कार्यालय प्रमुख प्रहरी निरीक्षक कनक बहादुर शाहीले बडा दशै तथा शुभ दिपावलीमा मानिसहरू धेरै आवतजावत गर्ने भएकाले यात्राका क्रममा थुप्रै समस्या हुनेभएकोले सहजताका लागि नागरिक तथा यात्रुलाई सहयाेग पुर्याउने उदेश्यले सहायता कक्षकाे स्थापना गरिएको बताउनुभयो ।

कार्यक्रममा बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतम, प्रहरी सामुदायिक साझेदार समितिका अध्यक्ष तथा वडा नम्बर २ का वडा अध्यक्ष दिपेश डि.सी, थारमारे बजारबासि, गाडी धनिहरु, गाडी चालक,सह चालक तथा गाडीमा सवार यात्रु, पत्रकार लगायतको उपस्थिति रहेको थियाे ।

प्रकाशित मिति : २०७९ असोज ९ गते आइतवार
प्रतिक्रिया लेख्नुहोस