२०८३ बैशाख १७ गते बिहिवार | 2026 April 30th Thursday

जीप दुर्घटनामा गम्भीर घाइते भएकी महिलालाइ थप उपचारका लागि हेलिकप्टर मार्फत नेपालगन्ज लगिएको छ ।

सल्यानको कुमाख गाउँपालिका वडा नम्बर ७ जिमालीमा शनिबार विहान भएको जीप दुर्घटनामा परि गम्भीर घाइते भएकी एक महिलालाइ थप उपचारका लागि हेलिकप्टर मार्फत नेपालगन्ज लगिएको छ ।

दुर्घटनामा परि अचेत अवस्थामा रहेकी २४ वर्षीया सुनिता बोहरा पुन मगरलाइ उपचारका लागि जिल्ला अस्पताल सल्यानमा ल्याइएको थियो ।
त्यहाँ उपचार संभव नभएपछि उनलाइ थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगन्ज रिफर गरिएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बताउनु भयो ।।

दुर्घटनामा घाइते भएका अन्य व्यक्तिहरुको एम्बुलेन्समा नेपालगन्ज रिफर गरिएको छ भने केहि बागचौर स्थित विभिन्न अस्पतालहरुमा छन् ।

खैराबाङ दर्शनका लागि जादै गरेको जिप दुर्घटना -२ जनाकाे मृत्यु, घाईतेहरुको उपचार हुदै।

प्रकाशित मिति : २०७९ असोज १५ गते शनिवार
प्रतिक्रिया लेख्नुहोस