२०८३ साउन ५ गते मङ्गलवार | 2026 July 21st Tuesday

यस्तो आउँदै छ आईफोन १४

लामो समयदेखि एप्पलको आईफोन १४ कस्तो आउला भन्ने विषयमा विभिन्न अनुमान मानिसहरुले लगाउँदै आएका छन्।

यसैबीच आईफोन १४ बारे केही सूचना चुहिएको छ। जसअनुसार आईफोन १४ मा पनि आईफोन १३ कै ए१५ चिप प्रयोग हुनेछ।

यसको अर्थ आईफोन १४ को प्रतीक्षा गरिरहेका मानिसहरुले प्रोसेसरको हिसाबमा कुनै पनि अपडेट पाउने छैनन्। 

यद्यपि आईफोन १४ मा चिपमा कुनै अपडेट नगरिएको भए पनि यसको स्पिड भने बढाइएको छ। आईफोन १४ को स्पिड १३ को तुलनामा राम्रो हुनेछ। 

चुहिएको सूचनाअनुसार आईफोन १४ प्रो र आईफोन १४ प्रो म्याक्समा भने ए१६ चिपको प्रयोग हुनेछ। यी दुई मोडलमा नयाँ ६ जीबी फास्टर र्‍यामको प्रयोग गरिनेछ। नयाँ आईफोनमा ५–कोर जीपीयू प्रोसेसर प्रयोग हुनेछ। 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार आगामी सेप्टेम्बर १३ मा एप्पलले आईफोन १४ सार्वजनिक गर्ने योजना बनाइरहेको छ। 
 

प्रकाशित मिति : २०७९ साउन १९ गते बिहिवार
प्रतिक्रिया लेख्नुहोस