२०८३ साउन ५ गते मङ्गलवार | 2026 July 21st Tuesday

पृथ्वीमै खस्यो चिनियाँ रकेटको अवशेष

शनिबार चीनले प्रक्षेपण गरेको रकेटको अवशेष पुनः पृथ्वीमा खसेको छ। चिनियाँ अन्तरिक्ष एजेन्सीका अनुसार लङ मार्च ५को अवशेष पुनः पृथ्वीमा खसेको हो। 

यद्यपि उक्त रकेटको अधिकांश हिस्सा वायुमण्डलमा नै जलेको र बाँकी भाग प्यासिफिक क्षेत्रको सुलु सागरमा खसेको एजेन्सीले बताएको छ। यसअघि अन्तरिक्ष जानकारहरुले यो रकेट  मानव बस्तीमा खस्ने सम्भावना निकै कम रहेको बताएका थिए। 

अनियन्त्रित भएर रकेट खसेको विषयले अन्तरिक्ष फोहोरबाट प्रश्न उठेको थियो।

चीनले आफ्नो अन्तरिक्ष स्टेसन टियाङगोङको काम पूरा गर्न उक्त रकेट पठाएको थियो।

अमेरिकी अन्तरिक्ष एजेन्सीले भने चिनियाँ अन्तरिक्ष एजेन्सीले यस विषयमा आवश्यक विवरणहरु साझा नगरेको आरोप लगाएको छ।

प्रकाशित मिति : २०७९ साउन १९ गते बिहिवार
प्रतिक्रिया लेख्नुहोस