२०८२ चैत्र २५ गते बुधवार | 2026 April 8th Wednesday

अन्तर्राष्ट्रिय स्पेस स्टेसनबाट बाहिरिने रुसको घोषणा

रुस सन् २०२४ पछि अन्तर्राष्ट्रिय स्पेस स्टेसन(आईएसएस)बाट बाहिरिने भएको छ। रुसका नयाँ अन्तरिक्ष प्रमुखले मंगलबार आईएसएसबाट बाहिरिने घोषणा गरेका हुन्। 

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेसँगै आईएसएसबारे अमेरिका र रुसको साझेदारीबारे प्रश्न उठेको थियो। यस्तो अवस्थामा रुसी अन्तरिक्ष अध्ययन केन्द्रबाट अनपेक्षितरुपमा यस्तो घोषणा आएको हो। 

दुई साताअघि मात्र अमेरिका र रुसले भविष्यमा आईएसएसमा आउन वा जान दुवै मुलुकका अन्तरिक्षयात्रीले एउटै उडानको प्रयोग गर्ने सम्झौतामा हस्ताक्षर गरेका थिए। 

आईएसएसको स्थापना सन् १९९८ मा अमेरिका र रुससहित क्यानडा, जापान र ११ युरोपेली मुलुकको सहकार्यमा गरिएको थियो।

रुसले भने सम्झौताअनुसारको साझेदारप्रतिको उत्तरदायित्व बहन गरे पनि सन् २०२४ पछि आईएसएसबाट बाहिरिने निर्णय भइसकेको रुसी अन्तरिक्ष अध्ययन केन्द्रले बताएको छ। 

अमेरिकी अन्तरिक्ष अध्ययन केन्द्र (नासा)ले भने यस विषयमा आधिकारिक रुपमा कुनै जानकारी नआएको उल्लेख गरेको छ। 

प्रकाशित मिति : २०७९ साउन १९ गते बिहिवार
प्रतिक्रिया लेख्नुहोस