२०८३ असार १९ गते शुक्रवार | 2026 July 3rd Friday

नयाँ मतदाता नामावली दर्ता बन्द

सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै नयाँ मतदाता नामावली प्रक्रिया रोकिएको निर्वाचन आयोगले जनाएको छ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले चुनावको मिति घोषणा गरेपछि नयाँ मतदाता नामावली रोकिएको बताए।

‘हामीलाई औपचारिक पत्र आइसकेको छैन, सञ्चारमाध्यमबाट थाहा पाएका हौँ, चुनावको मिति घोषणा भएपछि नयाँ मतदाता नामावली भर्न रोकिन्छ,’ शर्माले भने, ‘भोलिबाट सबै निर्वाचन कार्यालयमा रोक्न पत्राचार गछौँ।’

सरकारले मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन गर्ने मिति तय गरेको छ।

प्रकाशित मिति : २०७९ साउन १९ गते बिहिवार
प्रतिक्रिया लेख्नुहोस