२०८१ जेष्ठ ६ गते आइतवार | 2024 May 19th Sunday

हलिउड अभिनेत्री एम्बर हर्ड विश्वकै सुन्दर अनुहार भएकी महिला घोषित !

काठमाडौं । हलिउड अभिनेत्री एम्बर हर्ड अहिले पूर्वपति जोनी डिपसँगको चिसो सम्बन्धले चर्चित छन् । हुनसक्छ, उनको व्यक्तित्वलाई लिएर विश्व विभाजित होला, तर विज्ञानका अनुसार उनी संसारकै सुन्दर अनुहार भएकी महिला समेत हुन् ।

पूर्वपति डिपसँग घरेलु हिंसाबारेको मुद्दामा हारेपछि एम्बर गत महिना विश्व मिडियाको हेडलाइन बनिन् । तर यसपटक अलग विषयले उनलाई चर्चामा ल्याएको छ ।

एउटा विशेष म्यापिङ फर्मुलाले अभिनेत्री हर्डको अनुहारलाई ‘पर्फेक्ट’ भएको बताएको छ । उनको अनुहारको विशेषताबारे अध्ययन गर्न विशेष प्रविधिको प्रयोग गरियो, जहाँ उनको अनुहार ‘पर्फेक्ट’ रहेको निष्कर्ष निस्कियो ।

उनको आँखा, ओठ र अनुहारको आकारबारे अध्ययन गरेपछि यस्तो निष्कर्ष निकालिएको हो । ब्युटी फाइ भनिने ग्रीकको गोल्डेन रेसियो सिद्धान्तअनुसार यस्तो अध्ययन गरिएको हो, जसअनुसार हर्डको रेसियो १.६१८ निस्कियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
प्रकाशित मिति : २०७९ साउन १९ गते बिहिवार
प्रतिक्रिया लेख्नुहोस