२०८३ असार २४ गते बुधवार | 2026 July 8th Wednesday

सल्यानको बागचौरमा लाखे नाच । फोटो फिचर

लाखे नाच नेवार समुदायले कुनै विशेष जात्रा अथवा पर्वको उपलक्षमा लाखेको मुखुन्डो पहिरिएर गरिने परम्परागत नृत्य हो ।लाखे परम्परा काठमाडौं उपत्यका र नेपालभरका अन्य नेवार बस्तीहरूमा पाइन्छ । लाखे नाच बिशेष जात्राका अबसरमा सल्यानका मुख्य ब्यापारिक केन्द्रहरुका बजारहरुमा प्रदर्शन गर्ने गरिन्छ। लाखेलाई राक्षस भनिन्छ जो जंगलमा बस्ने गर्दथे र पछि मानिसको को रक्षक बनेका थिए। महिला लाखेलाई लासिन भनेर चिनिन्छ। नेपाली लोककथामा अर्को सामान्य पौराणिक प्राणी ख्याह हो, जसलाई मोटो, रौं भएको बाँदर जस्तो प्राणीको रूपमा चित्रण गरिएको छ। लाखे नाच नेपाली समुदायको लोकप्रिय नाच हो । लाखेलाई एक पौराणिक शैतान मानिन्छ जसले अन्य शैतानहरूलाई पछ्याएर आफ्नो नाम राखेको थियो। किंवदन्ती अनुसार, जसले आफ्नो क्षेत्रको अतिक्रमण गर्छ उसलाई लाखेले सजाय दिन्छ। भन्ने बिश्वास गरिन्छ। यसै क्रममा बागचाैर नगरपालिका वडा नम्बर १० माेख्लाकाे लाखे नाच नगरपालिकाकाे मुख्य केन्द्र बागचाैर बजार र थारमारे बजारमा प्रस्तुत गरिएको छ । पछिल्लो समय सल्यानमा लाखे नाच संरक्षणका लागि माेख्लाका स्थानीयहरु जुटेका छन ।

प्रकाशित मिति : २०७९ साउन २७ गते शुक्रवार
प्रतिक्रिया लेख्नुहोस