२०८१ जेष्ठ ६ गते आइतवार | 2024 May 19th Sunday

तुलसीपुरमा कुलोमा डुबेर एक युवकको मृत्यु

खेतमा पानी लगाउने क्रममा कुलोमा डुबेर तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ पोटलीका २६ वर्षका नरेश चौधरीको मृत्यु भएको हो । 

पहिलेदेखि बिरामी अवस्थामा रहेका चौधरीको कुलोमा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखत बहादुर शाहीले बताउनुभयो । 

बिरामीकै कारण कुलोमा ढलेपछि उठ्न नसकेपछि मृत्यु भएको हो । चौधरीको शव परीक्षणकालागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
प्रकाशित मिति : २०७९ साउन १९ गते बिहिवार
प्रतिक्रिया लेख्नुहोस