२०८१ जेष्ठ ७ गते सोमवार | 2024 May 20th Monday

पहिरो खसेपछि घोराही–होलेरी सडकमा अवरुद्ध

दाङ, १८ साउन ।
गएरातीदेखि लगातारको वर्षातका कारण पहिरो खसेपछि अवरुद्ध घोराही होलेरी सडक अबरुद्ध भएको छ । 

वर्षातका कारण सहिदमार्ग अन्तर्गत घोराही–१९ अमेलियामा पहिरो खसेपछि आवागमन पूर्णरुपमा रोकिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेश प्रशाद काफ्लेले रेडियो हाम्रो पहुँचलाई जानकारी दिनुभयो । 

अवरुद्ध सडक खुलाउन जेसिबीसहित प्रहरीको टोली त्यसतर्फ गएको  प्रहरी प्रमुख एसपी काफ्लेलेले जानकारी दिनुभयो । वर्षातले बिहान ५ बजेदेखि सडक अवरुद्ध भएको हो । ठुला–ठुला ढुंगा खसेका कारण सडक खुल्न केहि समय लाग्ने प्रहरीले जनाएको छ । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
प्रकाशित मिति : २०७९ साउन १९ गते बिहिवार
प्रतिक्रिया लेख्नुहोस