२०८१ जेष्ठ ६ गते आइतवार | 2024 May 19th Sunday

साढे ११ करोड नाफा कमाएको एक्सेल डेभलपमेन्ट बैंकको वितरणयोग्य नाफा साढे ४ करोड

एक्सेल डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले गत आवमा रू. ११ करोड ४० लाख नाफा कमाएको छ । कम्पनीले अघिल्लो आवमा रू. १३ करोड ३६ लाख नाफा कमाएको थियो ।

यो नाफा अघिल्लो आवको तुलनामा भने १४ प्रतिशत कम हो । गत आवमा कम्पनीका खर्चमा वृद्धि भएकाले नाफा घटेको हो । कम्पनीको खुद नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. १६ दशमलव ४८ रहेकोमा गत आवमा घटेर रू. ९ दशमलव ९० मा झरेको छ । 

त्यसैगरी गत आवमा कम्पनीको वितरणयोग्य नाफा रू. ४ करोड ४२ लाख रहेको छ । यही नाफाबाट कम्पनीले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने गर्दछ । एनएफआरएस प्रणाली अनुसार कम्पनीले आर्जन गरेको खुद नाफालाई विभिन्न शीर्षकमा छुट्याए पछिको नाफा नै वितरणयोग्य नाफा हो ।

त्यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात ३३ दशमलव ०४ गुणा (वार्षिक), तरलता अनुपात २४ दशमलव ७४ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १४४ दशमलव ३१ रहेको छ । हाल देखिएको तरलता अभावको कारण निक्षेप संकलन तथा कर्जा प्रवाहमा संकुचन आएको र कर्जा असुलीमा समेत समस्या भएकाले कम्पनीको नाफा तथा वितरणयोग्य नाफामा प्रत्यक्ष प्रभाव परेको कम्पनीले वित्तीय विवरणमार्फत जानकारी दिएको छ ।
 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
प्रकाशित मिति : २०७९ साउन १९ गते बिहिवार
प्रतिक्रिया लेख्नुहोस