२०८१ फाल्गुन ५ गते सोमवार | 2025 February 17th Monday

टेन हागले गरे रोनाल्डोको आलोचना

 म्यानचेष्टर युनाइटेडका प्रशिक्षक एरिक टेन हागले क्रिस्टियानो रोनाल्डोको आलोचना गरेका छन् । आइतबार रायो भालेकानो विरुद्ध ओल्ड ट्राफोर्डमा भएको खेलमा रोनाल्डो लगायत केही खेलाडीले बीचमै मैदान छाड्नु अस्वीकार्य भएको टेन हागले बताएका छन् ।

प्रि सिजनमा पहिलो खेल खेलेका रोनाल्डो दोस्रो हाफमा रिप्लेस भएका थिए । त्यसपछि उनले मैदान नै छाडे । रोनाल्डोसँगै डिएगो डालोटले पनि मैदान छाडेको फोटो सार्वजनिक भएको थियो ।

यस्तै डिरेक्टर्स बक्समा बसेका अरु खेलाडीले पनि खेलअघि ने मैदान छाडेका थिए । ‘हामी टिम हौँ र यसको अर्थ सबै जना खेलको अन्त्यसम्म बस्नुपर्छ,’ टेन हागले भिअप्लेलाई भने, ‘यसमा संलग्न सबैका लागि यो अस्वीकार्य छ ।’

युनाइटेड र रायो भालेकानोबीचको खेल १-१ को बराबरीमा सकिएको थियो । ३७ वर्षीय रोनाल्डो गत सिजन युभेन्ट्सबाट युनाइटेड पुगेका थिए । उनी युनाइटेडको प्रि सिजन टुर अन्तर्गत थाइल्याण्ड र अष्ट्रेलिया भ्रमणमा गएनन् ।

युनाइटेड च्याम्पियन्स लिगमा छनोट नभएपछि रोनाल्डोले क्लब छाड्न चाहेको खबर शनसनी बनेर बाहिरिएको थियो । तर प्रशिक्षक टेन हागले रोनाल्डो बीक्रीका लागि नरहेको बताउदै आएका छन् । युनाइटेडले प्रिमियर लिगको नयाँ सिजनको पहिलो खेल अगष्ट ७ मा ब्राइटनसँग खेल्नेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
प्रकाशित मिति : २०७९ साउन १९ गते बिहिवार
प्रतिक्रिया लेख्नुहोस