२०८१ जेष्ठ ७ गते सोमवार | 2024 May 20th Monday

नेदरल्यान्ड्ससँगको एकदिवशीय र एसिया कप क्रिकेट खेल्ने पाकिस्तानी टोली सार्वजनिक

१९ साउन, काठमाडौं । अगष्टमा हुने नेदरल्यान्ड्सविरुद्धको एकदिवशीय खेल र त्यसलगत्तै सुरु हुने टि–२० एसिया कपको लागि पाकिस्तानले १५ सदस्य टोली घोषणा गरेको छ ।

अगष्ट १६ देखि २१ सम्म हुने नेदरल्यान्ड्सविरुद्धको एकदिवशीय खेल र अगष्ट २७ बाट युएईमा सुरु हुने एसिया कपका लागि बाबर आजमको कप्तानीमा पाकिस्तानले टोलीको घोषणा गरेको हो ।

टोलीमा बाबरसँगै, मोहम्मद रिजवान, शाहिन शाह अफ्रिदी, आसिफ अली र फखार जमान छन् । हसन अली भने टिममा परेका छैनन् । उनको स्थान नसिम शाहले लिएका छन् ।

पाकिस्तानको तीव्र गतिको बलरको रुपमा अफ्रिदी, नसिम शाह, मोहम्मद वासिम जुनियर र शहनजवाज डाहनी छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
प्रकाशित मिति : २०७९ साउन १९ गते बिहिवार
प्रतिक्रिया लेख्नुहोस