विदेशका नाम चलेका स्टार खेलाडीहरु फुटबल सिजन सकिएपछि मन पर्ने ठाउँमा घुम्न जान्छन् । नेपालमा त्यो चलन छैन ।
तर नेपालका गोलकिपर किरण चेम्जोङ भने माल्दिभ्समा लिग सकिएपछि परिवारसँग छुट्टी मनाउन व्यस्त छन् ।
भखर्रै सकिएको धिवेही प्रिमियर लिग जितेका किरण प्रेमिका कन्चन निरौला र आफ्नी आमासँग छुट्टी मनाइरहेका छन् ।
उनले माजियाबाट लिग जितेपछि पुरस्कार समारोहमै प्रेमिकालाई विवाहको प्रस्ताव राखेका थिए । उनले होलिडे बिगेन्स भनेर जीवनको माया र नजिकको साथी भेटिएको भन्दै सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गरेका छन् ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1