२०८१ जेष्ठ ६ गते आइतवार | 2024 May 19th Sunday

विपद् जोखिम व्यवस्थापन स्थानीय निर्देशिका सम्बन्धि तालिम बागचौरमा सुरु

बागचौर नगरपालिकामा विपद जोखिम व्यवस्थापन स्थानीय निर्देशिका सम्बन्धि २ दिने तालिम सुरु भएको छ ।
संयुक्त राष्ट्रसंघीय आप्रवासन संगठन, USAID, NSET, नेपाल नगरपालिका महासंघ, गाउँपालिका महासंघको आयोजनामा स्थानीय सरकारहरुको क्षमता अभिवृद्धिका लागि बिहिबारसम्म संचालन हुने तालिमको बागचौर नगरपालिकाका नगर प्रमुख जनकराज गौतमले उद्घाटन गर्नु भएको छ ।
तालिममा स्थानीय तहले विपद् जोखिम व्यवस्थापनका लागि पुर्वतयारीका लागि स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना तर्जुमा निर्माण गर्ने, अगुवा संस्थाको पहिचान र जिम्मेवारी प्रदान, प्राथमिक उपचार तालिम, पुर्न ताजकि तालिम, पालिकास्तरीय ख‍ोज तथा उद्वार तालिम लगायतका विषयमा बृहत् छलफल गरिने प्रशिक्षक कृष्णा कुमारी वाग्लेले जानकारी दिनुभयो।

२ दिनसम्म संचालन हुने तालिममा नेपालको विपद्को परिदृश्य, विपद् जोखिम व्यवस्थापन कसरी गर्न सकिन्छ र यसको पुर्वतयारीको लागि के के गर्न सकिन्छ लगायत समग्र विपद् सम्बन्धि जानकारी सम्बन्धमा प्रशिक्षक कृष्णा कुमारी वाग्ले र शारदा नगरपालिका सल्यानका स्वास्थ्य प्रमुख विरेन्द्र हमालले प्रशिक्षण दिने बताईएको छ ।
कार्यक्रममा बागचौर नगरपालिका नगर प्रमुख जनकराज गाैतम, उप-प्रमुख सुम्निमा डि.सी (वली), प्रमुख प्रशासकीय अधिकृत राम बहादुर हमाल १२ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, नगरपालिकाका शाखा प्रमुख लगायत पत्रकारको उपस्थित रहेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
प्रकाशित मिति : २०७९ भाद्र ८ गते बुधवार
प्रतिक्रिया लेख्नुहोस