२०८१ जेष्ठ ७ गते सोमवार | 2024 May 20th Monday

राजस्व कार्यालयका कम्प्युटर अधिकृत घुससहित पक्राउ

काठमाडौं, १९ साउन । आन्तरिक राजस्व कार्यालय, महाराजगंजमा कार्यरत कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधान घुससहित पक्राउ परेकी छिन् ।

प्रधानले कम्प्युटर बिलिङको सफ्टवयर स्वीकृतिको लागि सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस मागेको सुचनाको आधारमा पुगेको अख्तियार दुरुपयोग अनुसन्धन आयोगको टोलीले उक्त घुस रकमसहित पक्राउ गरेको थियो ।

बुधबार आन्तरिक राजस्व कार्यालय महाराजगंजबाटै प्रधानलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तिारका प्रवक्ता श्याम प्रसाद भट्टराईले जनाएका छन् ।

What’s your Reaction?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
प्रकाशित मिति : २०७९ साउन १९ गते बिहिवार
प्रतिक्रिया लेख्नुहोस