२०८१ जेष्ठ ६ गते आइतवार | 2024 May 19th Sunday

चुनावको मिति घोषणा गर्नको लागि मन्त्रिपरिषद् बैठक सुरु

मन्त्रिपरिषद् बैठक सुरु भएको छ । आगामी संघ र प्रदेशको निर्वाचनको मिति घोषणा गर्नेगरि बैठक सुरु भएको जनाईएको छ।

सत्तारुढ गठबन्धनको हिजो (बुधबार) बसेको बैठकमा संघ र प्रदेशको निर्वाचन आगामी मंसिर ४ गते गर्नेबारे सहमति जुटेको थियो ।

सोहीअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् बैठक डाकेका हुन् ।

आजकै बैठकले चुनावको मिति घोषणा गर्ने एक मन्त्रीले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
प्रकाशित मिति : २०७९ साउन १९ गते बिहिवार
प्रतिक्रिया लेख्नुहोस